• सोमबार, साउन ११ २०८३

काेराेनाकाे जाेखिमका कारण सूचना विभागले राेक्याे प्रेस पास जारी तथा नवीकरण


बुधबार, साउन २८ २०७७
1.3K
Shares

सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण कार्य अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ।

विभागले हाल कोरोना संक्रमणको बढ्दो जोखिमका कारण सो सेवा रोकिएको बताएको छ।

प्रेस प्रतिनिधि प्रमाणपत्र जारी वा नवीकरण गर्दा सम्बन्धित व्यक्ति नै विभागमा उपस्थित हुनुपर्ने कानूनी व्यवस्था भएको र सो सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल संभव नभएको हुँदा हाललाई स्थगित गरिएको सूचना तथा प्रसारण विभागद्वारा जारी सूचनामा जनाइएको छ।

तर, श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रार समक्ष दिने उजुरी र सोसम्बन्धी काम भने निरन्तर हुने जानकारी दिइएको छ।

हेर्नुस विज्ञप्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार