• बुधबार, कार्तिक ५ २०८३

पत्रकार बानियाँको निधनबारे छानबिन गर्न महासंघको माग


बुधबार, साउन २८ २०७७
785
Shares

नेपाल पत्रकार महासंघले दिवंगत पत्रकार बलराम बानियाँको निधनबारे छानबिन गर्न माग गरेको छ।

बुधबार विज्ञप्ति प्रकाशित गरी महासंघले बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको हो।

महासंघले पूर्व केन्द्रीय सचिव बलराम बानियाँको दुखद निधनले स्तब्ध भएको जनाएको छ। विगत तीन दशकदेखि नेपाली पत्रकारिता जगतमा महत्वपूर्ण योगदान पुर्‍याएका बानियाँ पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत थिए।

यही साउन २६ गते दिउँसोदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेका बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजना स्थलमा भेटिएको नेपाल प्रहरीले जानकारी दिएको छ।

महासंघले पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पुर्‍याएको अतुलनीय योगदानको उच्च कदर गरेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार