• सोमबार, साउन ११ २०८३

बेचविखानमा परेकी नेपाली चेलीको नयाँ दिल्लीबाट उद्धार


बुधबार, साउन २८ २०७७
665
Shares


काठमाडौं । भारतको नयाँ दिल्लीमा बेचविखानमा परेकी एक युवतीको एक वर्ष पछि उद्धार गरिएको छ ।

आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उनलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्‍याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए ।
आफन्त नेपालमा क्रियाशील नवीन जोशीका अनुसार ती युवतीलाई एक एजेन्टले नै माया गर्ने नाटक गरेर राखेको तथा सोही काम गराउँदै पैसा आफैं लिने गरेपछि उनले आफू फसेको महसुस गरेकी थिइन् । स्वदेश फिर्तापछि ती महिलालाई हाल होम क्वारेन्टिनमा राखिएको छ ।

आफन्त नेपालका परामर्शदाता तथा उनको स्वदेश फिर्तीमा प्रत्यक्ष संलग्न लक्ष्मी विष्टका अनुसार उनको मानसिक स्थिति बिग्रिएको छ । उनका अनुसार थुप्रै औषधि प्रयोग गराइरहँदा मानसिक स्थिति बिग्रिएको देखिन्छ ।

आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले यस्तो विषम परिस्थितिमा पनि उनको उद्वारमा अहोरात्र खटिएका आफन्त नेपाल र रेस्क्यु फाउन्डेशनका उद्वारकर्ता र परामर्शकर्ता तथा स्वदेश फिर्तीमा सहयोग पुर्‍याउने नेपाली दूतावासप्रति आभार व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार