• आइतबार, साउन ३१ २०८३

साढे १० हजार जनाको पीसीआर गर्दा ४ सय ८४ जनामा कोरोना पुष्टि


बुधबार, साउन २८ २०७७
885
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ४८४ जनामा कोरोना भाइरस पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परषिण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ७२८ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार