आज बिहान मात्रै पक्राउ गरेको एक जनाको प्रहरी हिरासतमा मृत्यु भएको छ।
आज बिहान फूलबारी ‘सी’ गाउँमा रक्सी खाएर घरघरमा बन्चरो हान्न थालेको भन्ने सूचनाका आधारमा धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीका अन्दाजी ४५ वर्षीय अमरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको थियो।
चन्दको शव घाँटी काटिएको अवस्थामा शौचालयमा फेला परेको प्रहरीले जनाएको छ।
शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ।
घटनाबारे अनुन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक प्रतीक विष्टको नेतृत्वमा टोली खटिएको जबराले बताए।