• बिहिबार, भाद्र ४ २०८३

प्रहरीले गरेँ साढे २४ लाख भारु बरामद


बुधबार, साउन २८ २०७७
870
Shares


आज भारतबाट अबैध रुपमा भित्र्याइएको साढे २४ लाख भारतीय रकम सशस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुले बरामद गरेको छ ।

भारतबाट आएको व्यक्तिले औषधि सहित भारतीय रकम लुकाएको झोला ड्युटीमा रहेको सशस्त्र प्रहरी बलको टोलीलाई देखेर झोला फाली आफु फरार भएको हो ।

त्यसपछि स्थानीय प्रतिनिधिहरुको साक्षी तथा रोहबरमा झोला खोली हेर्दा भारतीय रुपैयाँ रु.५०० को ४९०० थान गरी जम्मा २४ लाख ५० हजार र ४२ पत्ता सुगरको औषधि समेत फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील कुमार शाहीले जानकारी दिए ।

बरामद रकम आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा बुझाइने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार