पाकिस्तानले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा जितेका दुई स्वर्ण सहित तीन वटा पदक खोसिएको छ।
विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) को नियमअनुसार सागमा सहभागी खेलाडीको डोपिङ टेस्ट गरिएको थियो। जसको कतारको राजधानी दोहास्थित एन्टी डोपिंङ ल्याबमा परीक्षण गराउदा तीन जना खेलाडीले निषेधित पदार्थ सेवन गरेको पुष्टि भएको थियो।
नियमअनुसार खेलाडीलाई दोस्रो पटक परीक्षण गराउने अवसर दिइएको थियो। जसमा नइम र मेहबुबले दोस्रो पटक परीक्षण गराउदा पनि असफल भएपछि उनीहरु कारबाहीमा परेका हुन्।
१३औं सागमा पाकिस्तानले १३२ पदक जितेका थियो। जसमा ३२ स्वर्ण समावेश थिए। दुई पदक खोसिएपछि पाकिस्तानको नाममा अब ३० स्वर्ण मात्र हुनेछ।