विश्वमा कोरोना संक्रमितको संख्या बढिरहेकोले विश्वकप छनौट खेल स्थगित गरिएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरिएको आफ्नो वेभसाइटमा जनाएको छ।
एएफसीले अक्टोबर र नोभेम्बरमा तय गरेका छनोट खेलहरु स्थगित गरेको जारी सूचनामा उल्लेख गरेको छ। एएफसीले २०२१ सम्मका लागि स्थगित गरेको जनाए पनि नयाँ मिति भने तोकेको छैन्। कोरोनाको महामारीको परिस्थिति हेरेर तय गरिने एएफसीले सूचनामा जनाएको छ।
२०२२ कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कप छनोट खेल अन्तर्गत नेपालले तीन होम खेल खेल्न बाँकी रहेको छ।
यही खेललाई भनेर नेपालले भदौ पहिलो साताबाट अभ्यास थाल्ने तयारी गरिरहेको थियो। त्यसका लागि ३४ खेलाडीको सोमबार र मंगलबार सहभागि हुने खेलाडीको पिसिआर परिक्षणका लागि ललितपुर स्थित पाटन अस्पतालमा स्वाब संकलन गरिएको थियो।