• सोमबार, साउन ११ २०८३

नदीजन्य पदार्थको अबैध ओसारप्रसारमा संलग्न ट्क्याटर प्रहरी नियन्त्रणमा


बुधबार, साउन २८ २०७७
865
Shares

गोरखा । नदीजन्य पदार्थको अबैध उत्खनन र ओसारपसारमा संग्लन ट्क्याटर कारवाही परेका छन् ।

केही दिन यता कडाई गरेपछि कानून विपरित प्रयोग भएका ट्क्याटरहरुलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पालुङ्टार नगरपालिका १ बाट बालुवा सहित ग १ त ३७९८ नम्बरको ट्याक्टर पक्राउ परेको छ ।

यसैगरी अबैध रुपमा ढुङ्गा ओर्सान प्रयोग भएको ग १ त ३८५९, ग १ त ३९१६ नम्बरको ट्याक्टर गोरखा नगरपालिका ११ बाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला दरौँदी नदी, बुढीगण्डकी नदी तथा खहरे खोलाबाट नदीजन्य पदार्थ चोरी निकासीमा प्रयोग भएका ७ भन्दा बढि ट्याक्टर नियन्त्रणमा लिएर कारवाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाइएको छ ।

नदी जन्य पदार्थको अबैध ओसारपोसार गरेको भेटिएमा एक पटकलाई कारवाही स्वरुप जरिवाना लिएर छोड्ने गरिएको छ ।

जिल्लाका सरोकारवा निकायको निर्णय अनुसार ट्रयाक्टर तथा साना सवारी साधनको हकमा २० हजार, प्रति ट्रिपर तथा ठूला सवारी साधनको हकमा ३० हजार र उत्खनका क्रममा हेभी इक्वीपमेन्ट प्रयोगको पाइएमा ४० हजार जरिवाना लिने गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार