• सोमबार, साउन ११ २०८३

कोरोनाका कारण चुनावी प्रक्रिया रोकियो


बुधबार, साउन २८ २०७७
770
Shares

न्युजिल्यान्डमा तीन महिनापछि पुनः कोरोना संक्रमित भेटिएको छ । कोरोनाका कारण आगामी महिनामा हुने भनिएको आम निर्वाचनको चुनाव प्रधानमन्त्री जेसिन्दा अर्डनले बुधबार पछाडि सार्ने घोषणा गरेकी छन् ।

यसैगरी अर्डनले संसद विघटनलाई समेत स्थगित गरिएको बताएकी छन्। चुनावी तालिका सेप्टम्बर १९ सम्मका लागि निर्धारित गरिएता पनि अब चुनाव कहिले गर्ने भन्ने बारे नयाँ मिति नतोकिएको प्रधानमन्त्रीको भनाइ छ।

नोभेम्बर २१ भन्दा अगाडि कुनै पनि मितिमा चुनाव गर्न सकिने उनले मिडिया कन्फ्रेन्समा बताएकी छन्।

अकल्यान्ड सहरमा एकै परिवारका चार जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरुलाई संक्रमण हुनुको स्रोत भने पत्ता लागेको छैन। संक्रमित चार जनालाई नै घरमै आइसोलेसनमा राखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार