• सोमबार, साउन ११ २०८३

सुन तोलामै घटयो ६ हजार २ सय


बुधबार, साउन २८ २०७७
720
Shares

काठमाडौं । आज बुधबार सुनको मूल्य ६ हजार २ सयको दरले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

गत साउन २३ मा तोलामा १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको मूल्य त्यससता भने क्रमशः घट्दै गएको हो । यस्तै तेजावी सुन तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेर मंगलबार तोलामा १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार