• सोमबार, साउन ११ २०८३

बस दुर्घटनामा परी ३ जनाको मृत्यु


बुधबार, साउन २८ २०७७
910
Shares

डोटी — आज बिहान बस दुर्घटना हुँदा डोटीमा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

भारतबाट यात्रु बोकेर फर्किएका धनगढीबाट अछाम आइरहेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ तल्लो फुलोटमा बुधबार बिहान ६ बजेतिर दुर्घटना भएको हो ।

मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।

घाइते भएकामध्य २६ जनाको उद्धार गरी जिल्ला अस्पताल डोटीमा ल्याइएको छ भने अन्यको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार