• सोमबार, साउन ११ २०८३

क्वारेन्टाइनमा बसेकालाई कतार च्यारिटी र इस्लामिक रिलिफद्वारा स्वास्थ्य सामग्री सहयोग


बुधबार, साउन २८ २०७७
680
Shares

काठमाडौं । कतार च्यारिटी र इस्लामिक रिलिफले कोरोना रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामग्री वितरण तथा सरसफाइ कार्यक्रम गरेका छन् ।

यी दुई संस्था मिलेर तराईका चार जिल्लामा रहेका ८० क्वारेन्टाइन सेन्टरमा स्वास्थ्य सामग्री वितरण तथा सरसफाइ कार्यक्रम गरेका हुन् ।

भारतबाट आएका नेपालीहरुलाई राखिएको सर्लाही, रौतहट, बाँके र बर्दियाका २०/२० वटा क्वारेन्टाइनमा कोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले जानकारी दिए ।

८० वटा क्वारेन्टाइनमा अस्थायी भनिए पनि १० वर्षसम्म टिक्ने ८० वटा शौचालय, ह्यान्ड वाशिंङ्ग स्टेशन ९२ वटा, ८० वटा डीस इन्फेकट लिक्विड, क्वारेन्टाइन सेन्टरमा बसेका १० हजार ५५० जनालाई कोरोना रोकथाम स्वास्थ्य सामग्री, एक हजार महिलालाई डिग्निटी किट वितरण गरिएको छ ।

क्वारेन्टाइनमा बस्नेहरुका लागि शुद्धीकरण पिउस झोल वितरण गरेका छन् भने क्वारेन्टाइन बस्नेहरुलाई बाल्टी जगलगायतका सामग्रीसमेत वितरण गरिएको छ ।

च्यारिटिका प्रबन्धक शेखकाअनुसार च्यारिटी र इस्लामिक रिलिफ मिलेर आप्रवासीका लागि कोभिड प्रतिरक्षा क्षमता सुदृढीकरण कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार