बुटवल । हिजो राती बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एकमा कोरोना पुष्टि भएको छ भने अर्कोको स्वाबको पिसीआर परीक्षण गर्न बाँकी रहेको डा. सुदर्शन थापाले जानकारी दिए ।
२५ वर्षीय तेली भारतको मुम्बईबाट केही दिनअघि घर आएका थिए । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको हो ।गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए ।