• आइतबार, साउन १० २०८३

मेडिसिटी अस्पतालमा कोरोनाबाट जनकपुरका पूर्वमेयरको मृत्यु


बुधबार, साउन २८ २०७७
830
Shares

जनकपुर — मंगलबार राति काठमाडौंको मेडिसिटी अस्पतालमा जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना संक्रमणको कारण मृत्यु भएको छ ।


१५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका गिरीको मंगलबार राति १२ बजेर १० मिनेटमा मृत्यु भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

‘कोरोना भाइरस संक्रमणसँगै उहाँमा अन्य जटिल समस्या पनि थियो,’ पूर्वमेयर गिरीका भतिज अनुराग गिरीले भने, ‘उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार