• आइतबार, साउन १० २०८३

अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई पनि कोरोना संक्रमण


बुधबार, साउन २८ २०७७
800
Shares

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई पनि कोरोना संक्रमण भएको छ।

अख्तियार कार्यरत कर्मचारी र प्रहरी संक्रमति भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङका क्रममा घिमिरेलाई पनि मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार घिमिरेका ड्राइभर र पछुवा गाडीमा सुरक्षार्थ तैनाथ सातजना प्रहरीलाई यसअघि नै कोरोना भएको थियो।

त्यसलगत्तै घिमिरेको पनि स्वाब परीक्षण गर्दा मंगलबार संक्रमण पुष्टि भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार