• सोमबार, साउन ११ २०८३

जोखिम बढेको जिल्लामा सिडिओ र स्थानीय तहलाई लकडाउन गर्ने अधिकार


मंगलबार, साउन २७ २०७७
720
Shares

कोरोना भाइरसको जोखिम बढेको क्षेत्रमा सरकारले जिल्लामा सिडिओ र स्थानीय तहलाई लकडाउन गर्ने अधिकार दिएको छ ।

संक्रमितको संख्या बढे पनि देशभर लकडाउन नगर्ने सरकारका प्रवक्ता युवराज खतिवडाले बताएका छन् ।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै मंगलबार मन्त्री खतिवडाले दुई सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहले ‘लकडाउन’ गर्न सक्ने बताए।

‘हामीले मुलुकव्यापी लकडाउन गरेका छैनौं। मन्त्रिपरिषदका निर्णयमा कहिँ पनि लकडाउन शब्द लेखिएको छैन,’ मन्त्री खतिवडाले भने, ‘कुनै जिल्ला कोरोनामुक्त भइसकेका छन् त्यसकारण केन्द्र सरकारले फेरि लकडाउन (बन्दाबन्दी) भन्न मिल्दैन फेरी जरूरी पनि छैन। कोरोना बढेका ठाउँमा जोखिम हेरेर सिडिओ र स्थानीय तहलाई अधिकार दिइएको छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार