काठमाडौं । नेपालमा एक हजार जना ऋणी लकडाउनयता कालोसूचीमा थपिएका छन् ।
लकडाउनका कारण उद्योगधन्दा, बैंक तथा वित्तीय संस्थाहरु माथी असर परेकाले उनहिरु कालो सूचीमा परेका हुन् ।
कर्जा सूचना केन्द्र लिमिटेड (सीआईबी) ले साउन २६ सम्म १८ हजार ६ सय ५७ व्यक्ति तथा र्फमलाई कालोसूचीमा राखिएको जनाएको छ । सीआईबीका अनुसार लकडाउन यतामात्रै १ हजार भन्दा धेरै व्यक्ति तथा र्फम कालोसूचीमा परेका छन् ।
कोरोना संक्रमणको खतरा देखिए पछि सरकारले ११ चैतदेखि लकडाउन गरेको थियो । १० चैतसम्म १७ हजार ६ सय ४५ जना व्यक्ति तथा र्फमहरु कालोसूचीमा थिए ।