• आइतबार, साउन ३१ २०८३

संक्रमितको संख्या बढ्दै, आज मात्रै थपिए ६३८ कोरोना संक्रमित


मंगलबार, साउन २७ २०७७
800
Shares

आज मंगलबार मात्रै नेपालमा ६३८ जना कोरोना संक्रमित थपिएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले देशभर गरेर ६३८ जना कोरोना संक्रमित थपिएको बताए।

प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २ सय १ रहेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ७१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार