• बुधबार, असोज १४ २०८३

रातको समयमा चितवनमा हिड्डुल गर्न नपाइने


मंगलबार, साउन २७ २०७७
875
Shares

चितवनका जिल्ला प्रशासन कार्यालयले मंगलबार राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अन्य जिल्लाबाट लुकीछिपी आउने प्रवृत्ति रोक्न र जिल्लाभित्र समेत रातिको समयमा मानिसहरूको आवागमन नियन्त्रण गर्न जिल्लाभित्र गुड्ने सवारी साधन र मानिसहरूको पैदल आवागमनमा रोक लगाउने निर्णय गरिएको हो। तर लामो दूरीका मालवाहक सवारी साधनलाई भने नरोकिने प्रशासनले जनाएको छ।

विदेशबाट आउने नेपालीहरूलाई होल्डिङ सेन्टरमार्फत् सम्बन्धित स्थानीय तहसँग समन्वय गरी क्वारेन्टिनमा पुर्‍याइने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार