वीरगन्ज — कोरोना संक्रमित प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् । उनलाई साउन १६ गते संक्रमण पुष्टि भएको थियो ।
साउन १६ को बिहानै नारायणी अस्पताल पुगेर स्वाब दिएका उनलाई सोही सोही राति पौने १० बजे रिपोर्ट आउँदा कोरोना देखिएको थियो ।
यादवका पीएसओ र चालकलाई पनि कोरोना देखिएको थियो । पीएसओ र चालकको भने दोस्रो रिपोर्ट पनि पोजिटिभ नै आएको यादवले जनाए ।