• सोमबार, साउन ११ २०८३

नेविसंघले गरे त्रिवि उपकुलपति कार्यालयमा तोडफोड


मंगलबार, साउन २७ २०७७
810
Shares

काठमाडौं । मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा नेपाल विद्यार्थी संघका कार्यकर्ताले तोडफोड गरेका छन् ।

मंगलबार परीक्षाको विकल्प देऊ भन्दै नाराबाजी गर्दै पुगेको नेविसंघ कार्यकर्ताले उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड र ढुंगामुढा गरेका हुन् ।नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यले विज्ञान संकायका विद्यार्थीले तोडफोड गरेका बताए । परीक्षाको विकल्प दिनुपर्‍यो भन्दै हिजो रेक्टरलाई भेट्न गएका थिए, उहाँहरुले हामी विकल्प दिन सक्दैनौं भन्नुभयो’ उनले भने ‘आज गएर तोडफोड गरेछन् ।’

तोडफोडमा संलग्न भएको आशंमा प्र्रहरीले नेविसंघका ७ कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर रहेका नेविसंघ केन्द्रीय समितिले जनाएको छ ।

महामन्त्री दीपक भट्टराईले उनीहरुलाई झुटा मुद्धा लगाउने तयारी भएको भन्दै तत्काल रिहाइको माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार