• सोमबार, साउन ११ २०८३

बार एशोसिएशनले उठायो प्रधानन्यायाधीशमाथि प्रश्न


मंगलबार, साउन २७ २०७७
585
Shares

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीशमाथि प्रश्न उठाएको छ । प्रधानन्यायाधीशले न्याय सम्पादन र न्यायपालिकाको विकृति विसंगति अन्त्यका लागि व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको बताए ।

हिजो आयोजित पत्रकार सम्मेलनमा बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायाधीशले न्याय सम्पादन र न्यायपालिकाको विकृति विसंगति अन्त्यका लागि व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको बताए ।

२०७५ सालमा बहाली हुँदा न्यायपालिकाभित्रको विकृति विसंगति हटाउँछु भनेर प्रतिवद्धता जनाए पनि प्रधानन्यायाधीशले त्यस अनुसार काम नगरेको उनले टिप्पणी गरे ।

सक्षम न्यायाधीश नियुक्त भए मात्र न्याय सम्पादनमा विकृति विसंगति नदेखिने भन्दै उनले न्यायाधीश नियुक्तिमै कमजोरी भएको बताए । उनले न्यायालयको अनुगमन नियमन गर्ने न्यायपरिषदले नै ठीक ढंगले काम नगरेको धारणा राखे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार