• बुधबार, असोज १४ २०८३

संक्रमित महिलाले जन्माएको शिशुको मृत्यु


मंगलबार, साउन २७ २०७७
910
Shares


संक्रमित महिलाको अपरेशन गरी जन्मिएको बच्चाको मृत्यु भएको छ।रुकुमको चौरजाहाी निवासी २८ वर्षीया ती महिलाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हा ।

अस्पतालका सहायक निर्देशक डा.नितेशकुमार कनोडियाले उपचारका क्रममा ती बच्चाको मृत्यु सोमबार साढे एक बजेतिर भएको जानकारी दिए।

‘बच्चाले आमाको पेटमै दिशा गरिसकेको तथा बच्चाको धड्कनसमेत कम भएका कारण तत्काल अपरेशन गरेर बच्चा निकाल्नु परेको हो,’ कनोडियाले भने ‘जति प्रयास गर्दापनि बच्चालाई बचाउन सकिएन, तर आमाको अवस्था भने सामान्य छ।’

मृत्यु भएका बच्चाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट मंगलबार बेलुकासम्म आउने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार