• आइतबार, साउन १० २०८३

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो


मंगलबार, साउन २७ २०७७
715
Shares


काठमाडौं ।हाल विश्वभर कोरोना संक्रमित हुनेको संख्या दुई करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या दुई करोड ८९ हजार ६२४ पुगेको छ ।

कोरोना भाइरसका सबैभन्दा धेरै कोरोना संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या ५० लाख नाघेका छन् ।त्यस्तै ब्राजिलमा पनि कोरोना भाइरसका संक्रमितको संख्या ३० लाख नाघेको छ । भारतमा पनि कोरोना भाइरसका २२ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि सात लाख ३६ हजार १ सय ९१ पुगेको छ ।

अमेरिकामा सबैभन्दा बढी एक लाख ६३ हजारभन्दा धेरैको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि एक लाख एक हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

मेक्सिकोमा ५३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । बेलायतमा ४६ हजारभन्दा बढी र भारतमा ४५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर एक करोड २२ लाख कोरोना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार