• सोमबार, साउन ११ २०८३

घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु


मंगलबार, साउन २७ २०७७
755
Shares

डोटी — डोटीमा घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

आदर्श गाउँपालिका–१ बाझककानी, खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन् । स्थानीय लोगे लुहारको घर सोमबार राति साढे एक बजेतिर भत्किएको हो ।

मृत्यु हुनेमा लुहारकी पत्नी २६ वर्षीया बिष्ना, छोरा ९ वर्षीय पारस र छोरीहरू ४ वर्षीया सिरु र ९ महिने कटी विक रहेको इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले जानकारी दिए ।चार जना गम्भीर घाइते छन् ।

घाइते हुनेहरूमा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक छन् । उनीहरूलाई प्रहरी तथा स्थानीयले उद्धार गरी उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पताल पठाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार