गोरखा । प्रेस संगठन गोरखाले नेपाल पत्रकार महासंघ गोरखा शाखालाई स्वास्थ्य सामाग्री सहयाेग गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणको रोकथाम नियन्त्रण र न्युनिकरणका लागि अग्रमाेर्चामा रहेर काम गरिरहेका गोरखाका पत्रकारको सुरक्षाका लागि स्वास्थ्य सामग्री प्रदान गरेको संगठनले जनाएको छ ।
सोमबार प्रेस संगठन गोरखाका संयोजक दिपक श्रेष्ठले पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापालाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।
जसमा सर्जिकल मास्क, सेनिटाइजर, एन ९५ मास्क, गोल्ब्स लगायत एकथान थर्मल गन रहेको बताइएको छ ।