• सोमबार, साउन ११ २०८३

आज श्रीकृष्ण जन्माष्टमी पर्व


मंगलबार, साउन २७ २०७७
1K
Shares

आज श्रीकृष्ण जन्माष्टमी पर्व। हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन हिन्दू धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँछन्।

कृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ। द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ।

दुर्जनको विनाश र सज्जनको रक्षा लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ।

आज देशैभरीका कृष्ण मन्दिहरुमा कृष्णको पूजा आराधना गर्ने गरिन्छ छ। तर यस वर्ष कोरोना संक्रमणका कारण कृष्ण मन्दिरहरुमा सर्वसाधारणको संख्या नगन्य छ।

विशेषगरी ललितपुरको मंगलबजारमा रहेको कृष्ण मन्दिरमा आज कृष्णको रथयात्रा र शोभायात्रा गर्ने प्रचलन छ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुभकामना दिएकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार