• सोमबार, साउन ११ २०८३

साउदीमा ज्यान गुमाएका दुई नेपालीकाे ब्लड मनी करिब एक कराेड


मंगलबार, साउन २७ २०७७
615
Shares

साउदीमा ज्यान गुमाएका ९५ नेपालीका परिवारले पाउन बाँकी रकम कम्पनीले उपलब्ध गराएका छन्।

विभिन्न समयमा ज्यान गुमाएका व्यक्तिले पाउन बाँकी तलब, भत्ता, बोनस बापतको रकम सम्बन्धित कम्पनीले उपलब्ध गराएका हुन्। दुई जना मृतकका परिवारले पाउने ब्लडमनी बापतको रकम पनि दूतावास मार्फत पठाइएको छ।

९५ जनाका परिवारलाई करिव ४ करोड ६४ लाख ३८ हजार ५ सय रुपैयाँ पठाइएको छ।

विभिन्न कम्पनीले दूतावासको नाममा जम्मा गरेको रकम दूतावासले नेपालस्थित कन्सुलर सेवा विभागको खातामा ट्रान्सफर गरेको छ।

यी मध्ये केहीको ब्लडमनि वापतको रकम समेत आएको छ।

रुकुमका ढाटे बुढा र सिराहका प्रदीपकुमार यादवका परिवारले झण्डै ४८ लाख रुपैयाँका दरले ब्ल्डमनी पाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार