• सोमबार, साउन ११ २०८३

विश्वकप छनोट खेल्ने ११ खेलाडीको काेराेना परीक्षण


सोमबार, साउन २६ २०७७
710
Shares

फिफा विश्वकप छनोट खेल्ने खेलाडीको कोरोनाको पीसीआर परीक्षण सुरु गरिएको छ।

पहिलो चरणमा ११ खेलाडी, प्रशिक्षक र अफिसियल गरि २५ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको अखिल नेपाल फुटबल संघ एन्फा का प्रवक्ता किरण राइले जानकारी दिए।

ललितपुरको पाटन अस्पतालमा सोमबार रंजित धिमाल, मिक्चेन तामाङ, विशाल राई, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको परिक्षण गरिएको हो। यस्तै प्रशिक्षक किरण श्रेष्ठ र फिजियो आविश्कार पुडासैनीको स्वाब संकलन गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार