• मंगलबार, साउन १२ २०८३

बुढीगण्डकी आयोजनाकाे काम अघि नबढेकाे भन्दै डुवान क्षेत्रका वासिन्दाकाे असन्तुष्टी


सोमबार, साउन २६ २०७७
750
Shares

गोरखा । बुढीगण्डकी जलबिधुत आयाेजनाकाे काम अघि नबढेकाे भन्दै डुवान क्षेत्रका वासिन्दाले असन्तुष्टी ब्यक्त गरेका छन् ।

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले सोमबार विज्ञप्ति जारी गरी मुआब्जा पाउन बाँकी जग्गाधनीलाई तत्काल मुआब्जा दिन, कित्ता छुट भएका जग्गाधनीलाई बाँकी कित्ताको मुआब्जा वितरणमा ढिलाई भएकाे प्रति असन्तुष्टी ब्यक्त गर्दै तत्काल प्रकृया अघि बढाउन आग्रह गरेको हाे ।

कोरोना महामारीको बाहनामा बुढीगण्डकी वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइले कार्यालयमै बसेर गर्ने काम पनि नगर्दा मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापनाको काम रोकिएको भन्दै तत्काल काम थाल्न समितीले आग्रह गरेको हो ।

त्यस्तै घर, गोठ, संरचना, बोटविरुवाको मुआब्जाको दररेट तोक्न र रकम वितरण गर्न, विस्थापितको पुनर्बास, पुनस्र्थापनाका लागि उपयुक्त स्थानमा जग्गा अधिग्रहण गर्न पनि माग गरेको छ ।

सरोकार समितिले मुआब्जा वितरणको काम ४० प्रतिशत बाँकी नै रहेको दावी गर्दै तत्काल अघि बढाउन माग गरेकाे छ । बताएको छ ।

साेमबार सरोकार समितिले विज्ञप्ती जारी गर्दै देखिएका समस्या तत्काल सम्बोधन गरी स्थानीय वासिन्दाको स्वामित्व रहने गरी निर्माणको मोडालिटी तय गर्न आग्रह गरेको अध्यक्ष हरेराम ढकालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार