• सोमबार, साउन ११ २०८३

इमान्दार दुई प्रहरी हवल्दार पुरस्कृत


सोमबार, साउन २६ २०७७
890
Shares

काठमाडौँ । इमान्दार भई आफ्नो ड्युटी निभाउने दुई प्रहरी हवल्दारलाई पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा जिप्रका सिन्धुली र चितवनमा कार्यरत प्रहरी हवल्दार हुन् ।

ड्युटीमा बसेका प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आर्थिक प्रलोभनमा नपरी आफ्नो ड्युटीमा इमान्दारिता प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार