Concept to represent the 2020 virus threat Coronavirus, blood in a test tube.
सुर्खेत । कोरोना संक्रमितिको संख्या कर्णाली प्रदेशमा मात्रै दुई हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार प्रदेशमा संक्रमितको संख्या दुई हजार तिन जना रहेको बताए ।
प्रदेशमा पछिल्लो २४ घण्टामा मात्रै ३ जिल्लामा गरी २४ जना कोरोना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सोमबार थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये दैलेखका १७ जना, सल्यानका ६ जना र सुर्खेतका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
यस्तै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १८८० पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ भने ११७ जना आइसोलेसनमा रहेका छन् ।