तिन जना सुरक्षकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थप तीन जना प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
हिजो राती गरिएको परीक्षणमा थप तीन जनामा संक्रमण देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए।
संक्रमित प्रहरीहरू कन्ट्रोलमा कार्यरत रहेको रानीपोखरीको कन्ट्रोलमा एक सयभन्दा बढी प्रहरीहरू छन्।
अहिले संक्रमित प्रहरीहरूलाई आइसोलेशनमा पठाइएको छ। आइतबार नै कपाल काट्ने एक प्रहरीमा संक्रमण देखिएको थियो।
उनीहरूको सम्पर्कमा आएकाहरूको कन्ट्र्याक्ट ट्रेसिङ भइरहेको छ।