काठमाण्डौं । नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख (सातौ तह) इन्जिनियर सन्तोष साहलाई अख्तीयारले पक्राउ गरेको छ ।
साहले खानेपानी शाखा कार्यालयहरुको विभिन्न व्यक्तिहरुसंग घुस लिई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बुटवलबाट काठमाण्डौ जादै गर्दा जिल्ला धादिङ धुनिवेसी नगरपालिका वडा नं. ८ खानीखोलामा अाइतबार पक्राउ गरेको हो
।
अख्तीयार प्रबक्ता तारानाथ अधिकारीका अनुसार साहचढी आएकोे संस्थानको लु १ ञ ९५ नं. को गाडी चेक जाँच गर्ने क्रममा शाहका साथबाट श्रोत नखुलेको नगद रकम रु.२ लाख ३३ हजार ५ सय रुपैया र बैंकमा जम्मा गरेको रु. ८ लाख २२ हजार बराबरको भौचर बरामद भएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।