Concept to represent the 2020 virus threat Coronavirus, blood in a test tube.
धरानमा भारतीय ४ जना आर्मीसहित ९ जना कोरोना संक्रमित थपिएको छ।
धरान १७ स्थित एन्फा क्वारेन्टिनमा रहेका तथा समुदायस्तरमा स्वाव संलकन गरेर पिसिआर गर्ने क्रममा थप ९ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ४ जना भारतीय सेनाका आर्मीहरु विदामा घर आएर क्वारेन्टिनमा बसेकाहरुमा कोरोना पुष्टि भएको हो भने २ जना दुबईबाट आएकामा संक्रमण देखिएको हो।
संक्रमित ३ जना भने समुदायस्तरकै धरान १० का २० वर्ष र १६ बर्षका युवती र धरान १९ का ४० बर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मेहताले जानकारी दिए। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल आइसोलेसन बेड खाली नभएकोले उनीहरु घरमा नै होम आइसोलेसनमा रहेका छन्।