• सोमबार, साउन ११ २०८३

बाढीले बगाएर कैलालीमा १ जना बेपत्ता


सोमबार, साउन २६ २०७७
1K
Shares

कैलालीमा अविराल वर्षासँगै आएको बाढीमा परि एक जना पुरुष बेपत्ता भएका छन् ।

महोन्याल गाउँपालिका–३ पिपल खेतका ५४ वर्षीया दानबहादुर विष्ट बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

आइतबार गाउँपालिकामा रहेको गेदान खोला तर्ने बेला विष्टलाई बगाएर लगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनको खोजी कार्य भइरहेको उनको भनाइ छ ।

त्यसै गरी बर्षाले धनगढी उपमहानगर क्षेत्रमा रहेका २५ वटा कच्ची घरमा क्षति पुगेको छ भने २५० घर डुबानमा परेको उनले बताए । धनगढी उपमहानगरपालिका २, ३, ४, ८, र ५ मा रहेका घरमा बढी क्षति पुगेको प्रहरी निरिक्षक थापाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार