• बुधबार, असोज १४ २०८३

नाइजरमा ६ फ्रान्सेली नागरिक सहित ८ जनाको गोली हानी हत्या


सोमबार, साउन २६ २०७७
800
Shares

काठमाण्डाै । पश्चिम अफ्रिकी देश नाइजरमा ८ जनाको गोली हानी हत्या भएको छ । जसमध्ये ६ जना फ्रान्सेली नागरिक रहेका छन् ।

यस आक्रमणको पछाडि को छ भन्ने कुरा स्पष्ट गरिएको छैन । बोको हरामलगायत धेरै आतंकवादी समूहहरू यस क्षेत्रमा सक्रिय रहेको बताइएको छ। त्यस्तै अल कायदा समूहका साथै आइ एस समूहहरू पनि यस क्षेत्रमा तीव्र गतिमा बढ्दैछन् ।

मृतकहरुमा एक अन्तराष्ट्रिय सहायता समुहको लागि काम गर्ने ६ जना फ्रान्सेली नागरिक, एक स्थानीय गाईड र एक चालक थिए। आक्रमणकारीहरू मोटरसाइकलबाट आएका र उनीहरू आईपुग्ने बित्तिकै गोली हानेको तिल्लाबेरी क्षेत्रका गभर्नर तिलजनी इब्राहिमले यो जानकारी दिएको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् छन्।

मारिने सबै राजधानी निआमि को दक्षिण पूर्वमा रहेको जिराफ रिजर्भ पार्क हेर्न गएका थिए ।

आक्रमण पछि, मृतकको लासहरू सडकमा थिए । उनिहरुले प्रयोग गरेको गाडीलाई आक्रमणकारीहरूले जलाएका थिए ।

यसैबीच, फ्रान्सेली सरकारले नागरिकहरूलाई नाइजरको यात्रा नगर्न सल्लाह दिएको छ।

तस्विर साभार : फस्टपाेष्ट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार