• आइतबार, साउन १० २०८३

नेपालमा कोरोना बाट थप एक जनाको मृत्यु


सोमबार, साउन २६ २०७७
785
Shares


नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वीरगन्ज महानगरपालिका– १५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए ।

शनिबार स्वास्थ्यप्रश्वासमा समस्या देखिपछि परिवारले ती महिलालाई इण्डो नेपाल अस्पतालमा भर्ना गरेका थिए ।

स्वास्थ्यमा सुधार नआएपछि शनिबार नै कोरोना अस्पताल लगिएको थियो ।ती महिला हाइपरटेन्सन र हाइपर थाइराइडको रोगी रहेको चिकित्सकले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार