• आइतबार, साउन १० २०८३

स्थापना दिवशमा निशुल्क आँखा परिक्षण गरी लायन्सले दियो औषधी


आइतबार, साउन २५ २०७७
720
Shares

गोरखा । लायन्स क्लब अफ गोरखाले निशुल्क आँखा परिक्षण शिविर आयोजना गरेको छ ।

नेपाल लायन्सको ५० औँ स्थापना दिवशका अवसरमा क्लबले गोरखा नगरपालिका ६ स्थित प्रस्तावित लायन्स आँखा अस्पतालमा गरेको शिविरमा १ सय २४ जनाको निशुल्क आँखा परिक्षण गरिएको हो ।

कार्यक्रममा आँखाका बिरामीलाई निशुल्क औषधी वितरण समेत गरिएको क्लबका अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए ।

शिविरमा आँखा परिक्षण गराउने १ सय २४ मध्ये ७६ जना महिला र ४८ जना पुरुष रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । क्लबले आयोजना गरेको शिविरमा गोरखा नगरपालिका, शहिद लखन, भिमसेन थापा गाउँपालिका लगायतबाट आँखाका बिरामी परिक्षणका लागि आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार