गोरखा । लायन्स क्लब अफ गोरखाले विपन्न विद्यार्थीहरुलाई खाद्धान्न सामाग्री सहयोग गरेको छ ।
नेपाल लायन्सको ५० औँ स्थापना दिवशका अवसरमा क्लबले गोरखा नगरपालिका ६ पदेली स्थित बालमन्दिर माध्यामिक विद्यालयको छात्रावासमा बसी अध्ययनरत २१ जना विद्यार्थीहरुलाई बिभिन्न किसिमका खाद्धान्न सामाग्री सहयोग गरेको हो ।
दिवशका अवसरमा आइतबार क्बलका अध्यक्ष श्यामबाबु श्रेष्ठले विद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् ।
चामल, तेल, दाल, सोयाविन, आलु, नुन लगायत गरी एक महिनालाई पुग्ने सामग्री लायन्सले विद्यालयलाई हस्तान्तरण गरेको अध्यक्ष श्रेष्ठले बताए ।