बलिउड अभिनेता अभिषेक बच्चन कोरोनामुक्त भएका छन्।
अभिषेकले आफू कोरोनामुक्त भएको खबर ट्वीटरमार्फत सार्वजनिक गरेका हुन्।
उनका पिता अभिषेक बच्चनले पनि आफ्ना छोरा अभिषेकले कोरोना जितेर घर फर्किएको भन्दै फेसबुकमा स्टाटस लेखेका छन्।
गत आइतबार मात्र अभिषेकका पिता अमिताभ बच्चन कोरोना मुक्त भएका थिए। त्यसअघि अभिषेककी श्रीमती अभिनेत्री एश्वेर्या राय बच्चन र उनीहरुका छोरी आरध्या कोरोना मुक्त भएका थिए। एजेन्सी