• बुधबार, भाद्र ३ २०८३

वित्तीय संस्थासँग १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक


आइतबार, साउन २५ २०७७
1K
Shares

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट १० करोड बराबरको आन्तरिक ऋण उठाउने भएको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै सोमबार तीन बजेसम्म ट्रेजरी विल बोलकबोल हुने जनाएको हो ।

सोमबार सार्वजनिक गर्न लागेको ट्रेजरी बिल ९१ दिन अर्थात २५ कार्तिकमा परिपक्व हुने छ । यस्तो खालको ऋण राष्ट्र बैंकले छोटो समयावधिका लागि बजार बाट उठाउने गर्दछ ।

सरकारलाई तुरुन्त ऋण आवश्यक परेको खण्डमा राष्ट्र बैंकले ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाउने गर्दछ । यसरी उठाउँदा बोलक बोलको माध्यमबाट जसले सस्तो ब्याजदरमा ऋण प्रवाह गर्न सक्छ सोही बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले ऋण लिने गर्दछ ।

यसरी ट्रेजरी बिल खरिद गरेर खरिदकर्ताले धितोको रुपमा ऋण समेत निकाल्न सक्नेछन् । राष्ट्र बैंकको वेबसाइटमा गएर समेत बिल बोलकबोलमा सहभागिता जनाउन सकिने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार