• आइतबार, साउन १० २०८३

कोरोना संक्रमितको संख्या उपत्यकामा एक हजार नाघ्यो


आइतबार, साउन २५ २०७७
1.2K
Shares

Concept to represent the 2020 virus threat Coronavirus, blood in a test tube.


हाल उपत्यकामा कोरोना संक्रमणको चाप बढी रहेको छ भने संक्रमितको संख्या एक हजार नाघेको छ।

स्वास्थ्य मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार उपत्यकामा संक्रमित संख्या एक हजार ४४ पुगेको छ।

तीमध्ये काठमाडौंका ८२२, ललितपुरका १३७ र भक्तपुरका ८५ जना छन्।

अहिले उपत्यकामा संक्रिय संक्रमितको संख्या भने ८ सय ६ जना छन्। शनिबार उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए।पछिल्लो समय उपत्यकामा संक्रमणको जोखिम बढेसँगै संक्रमितहरू थपिने क्रम बढ्दो छ। उपत्यकामा अहिलेसम्म एकैदिन १ सय ६ जना सम्म संक्रमित भेटिएका छन्।

अहिले उपत्यकामा संक्रमित भेटिएका ठाउँहरूलाई सिल गर्ने काम भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार