• आइतबार, साउन १० २०८३

अस्पतालले भर्ना नलिए पछि मृत्यु भएकी युवतीमा कोरोना पुष्टि


आइतबार, साउन २५ २०७७
1000
Shares

वीरगन्ज — अस्पतालले भर्ना नलिए पछि मृत्यु भएकी वीरगन्जकी २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए ।
वीरगन्ज महानगरपालिका–२ छपकैयाकी उनको शुक्रबार राति नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले राति ११ बजे रिक्सामा राखेर उनलाई अस्पताल पुर्‍याएका थिए । वीरगन्जका ७ वटा अस्पताल चहार्दा कुनैले पनि उनलाई भर्ना लिन मानेनन् । दोस्रोपटकमा नारायणी अस्थायी कोरोना अस्पतालले भर्ना गर्न तयार भए पनि रिक्साबाट स्ट्रेचरमा राख्ने बेलामै उनको मृत्यु भइसकेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार