काठमाण्डौ । काठमाण्डौमा आइतबार बिहान टाउको नभएको अवस्थामा एक शव फेला परेको छ । काठमाडौंको टोखा नगरपालिका–१० मा उक्त शव फेला परेको हो । अन्दाजी ४० देखि ४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले बताएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार ती पुरुषको टाउको र खुट्टा एक टाउँमा अनि शरीर अर्को ठाउँमा फेला परेको हो । मृत पुरुषको शरीरको भाग कालो रङको सुटकेसभित्र फेला परेको उनले जानकारी दिए ।
उक्त शवको हालसम्म पहिचान भने खुल्न बाँकी रहेको बताइउको छ ।