• शनिबार, भाद्र २० २०८३

गण्डकीमा थप एक जना कोरोना संक्रमितको मृत्यु


आइतबार, साउन २५ २०७७
920
Shares

पोखरा । कोरोनाबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड १९ उपचार केन्द्रमा साउन १७ गतेदेखि उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी ६२ वर्षीय एक पुरूषको मृत्यु भएको हो।

प्रतिष्ठानद्वारा आइतबार जारी विज्ञप्तिमा संक्रमित ती पुरूषको शनिबार राति साडे ११ बजे ज्यान गएको हो।

प्रतिष्ठानले मृतक डायाबिटिजबाटसमेत पीडित रहेको जनाएको छ।

मृतक उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु हुने तेश्रो व्यक्ति हुन्।

योसँगै कोरोनाका कारण नेपालमा हुने मृत्यु हुनेको संख्या ७४ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार