• आइतबार, साउन ३१ २०८३

कोरोनाबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु


शुक्रबार, साउन २३ २०७७
910
Shares

आज पाटन अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको छ। अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार ४१ वर्षीय महिला र ४५ वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको बताए।

सुनौली घर भएकी मृतक महिलालाई पाठेघरको क्यान्सर रहेको डा.शर्माले जानकारी दिए। उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।यस्तै सर्लाही घर भएका पुरूषको बिहान साढे नौं बजे मृत्यु भएको हो।

डा.शर्माका अनुसार उनलाई कुकुरले समेत टोकेको थियो। कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई आइसोलेसनमा राखेर उपचार भइराखेको थियो। बिहीबार साँझ पनि अस्पतालमा वीरगन्जका ४५ वर्षीय संक्रमित पुरूषको उपचारको क्रममा मृत्यु भएसँगै उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो।

मृत्यु भएको पुरुषमा भने मधुमेह र रक्तचापको समस्या रहेको बताए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार