गोरखा । हिजो बिहिबार गोरखाको दरौदी नदी तर्ने क्रममा बेपत्ता भएका दुई बालक मध्ये एक जनाको शव फेला परेको छ ।
बिहिबार अपरान्ह फुटवल खेल्न आएका पालुङटार नगरपालिका १ खुर्पाजुङका अन्दाजी १५ वर्षीय प्रज्वल श्रेष्ठ र १४ वर्षीय सबिन श्रेष्ठलाई दरौंदीले बगाएर बेपत्ता बनाएको थियो ।
वेपत्ता भएका मध्ये सविन श्रेष्ठको शव गोरखा नगरपालिका वडा नम्बर १२ को खत्रीवेशीमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले सिभिलखबरलाई बताए ।
श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने भइरहेको उनकाे भनाइ छ । वेपत्ता भएका अर्का एक वालकको भने खोजी भइरहेको बताइएको छ ।