नेपालमा कोरोना संक्रमणबाट थप दुईजना पुरुषको मृत्यु भएको छ।
वीरगञ्ज महानगरपालिका—११ श्रीपुरका ७९ र ५७ वर्षीय दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको नारायणी अस्पताल स्रोतले जनाएको छ। उनीहरु दुबैमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।
५७ वर्षीय व्यवसायीको कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको र ७९ वर्षीय वृद्धको भने घरमै मृत्यु भएको वीरगञ्जस्थित अस्थायी कोभिड विशेष अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहले जानकारी दिए।
चिकित्सकका अनुसार मृतक दुवै मुटु र स्वासप्रस्वाव रोगबाट पीडित थिए। बिहीबार मृत्यु भएका दुईसहित कोरोना संक्रमणको कारण ज्यान गुमाउने चार जनाको शवको गए राति अन्त्यष्ठि गरिएको पर्साका डिएसपी मनोजजित कुँवरले जानकारी दिए।
यसैबीच पर्सामा सुरक्षाकर्मीसहित थप एक सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।